• २०८१ बैशाख ७ शुक्रबार

टिकटकबाट जुवा खेलाउने चार जना पक्राउ

kharibot

काठमाडौं  । प्रहरीले सामाजिक सञ्जाल टिकटक लाइभमार्फत जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ४० लाख १९ हजार १७६ रुपैयाँ कारोबार गर्ने चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा प्रकाश योगी, कपिल गिरि, प्रेम कठायत र डिल्लीराज अवस्थी रहेका छन् । उनीहरुले ईसेवामार्फत सो रकम कारोबार गरेको पाइएको हो । 

ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानबाट उनीहरू पक्राउ परेको परेको प्रहरीको भनाइ छ । उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै