• २०८१ बैशाख ११ मंगलबार

हिमालयन बैंकका सातवटा शाखामा क्यास रिसाइकल मेशीन संचालन

kharibot

 काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सहजता र सुबिधालाई मध्य नजर गर्दै बैंकको विभिन्न शाखाहरुमा क्यास रिसाइकल मेशीन संचालनमा ल्याएको छ ।

हाल बैंकले सातवटा क्यास रिसाइकल मेशीन बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी छ । 

यस क्यास रिसाइकल मेशीनबाट सेवाग्राहीहरुले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटीएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन     बैंकको यस सुबिधाले बंैकका ग्राहकहरुलाई बंैकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बंैकको विश्वास छ । 

हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटीएम र ६,००० भन्दा बढी पिओएस टर्मिनल्स बाट सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै