• २०८१ बैशाख ८ शनिबार

नासाको ३८ वर्ष पुरानो उपग्रह पृथ्वीमा ठोक्किदै

kharibot

काठमाडौँ । नासाको ३८ वर्ष पुरानो इआरबीएस उपग्रह पृथ्वीमा ठोक्किने भएको छ । नासाले यस बारेमा जानकारी दिदै यसले कसैलाई नोक्सान गर्ने सम्भावना निकै कम रहेको बताएको छ ।

अधिकांश उपग्रह पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नुअघि नै नष्ट भइसक्ने र २४५० किलोग्रामको उपग्रहका केही टुक्रा पृथ्वीमा खस्ने सम्भावना रहेको नासाले जनाएको छ ।

इआरबीएस उपग्रहलाई अमेरिकाको पहिलो महिला अन्तरिक्ष यात्री सेला राइडले स्पेस शटल च्यालेन्जरको रोबोटिक हातबाट कक्षमा छोडेकी थिइन् । यो पहिलो मिसन थियो जसमा अमेरिकी महिला अन्तरिक्ष यात्री क्याथरिन सुलिवानले स्पेसवाक गरेकी थिइन् । यस मिसनमा पहिलो पटक दुई महिला अन्तरिक्ष यात्रीसँगै अन्तरिक्षमा गएका थिए ।

अमेरिकी रक्षा विभागका अनुसार यो स्याटेलाइट आज राति पृथ्वीमा ठोक्किनेछ । यसैबीच, क्यालिफोर्नियाको एयरोस्पेस कम्पनीका अनुसार सोमबार बिहानसम्म पृथ्वीमा ठोकिनेछ । नासाको यो स्याटेलाइट धेरै महादेश हुँदै जानेछ । अफ्रिका, एसिया, मध्यपूर्व र त्यसपछि उत्तर र दक्षिण अमेरिका हुँदै जाने ट्र्याक हुनेछ ।

३८ वर्ष पुरानो उपग्रह इआरबीएस अर्थात अर्थ विकिरण बजेट उपग्रह सन् १९८४ मा प्रक्षेपण गरिएको थियो । यो स्पेस शटल च्यालेन्जरबाट २ वर्षको लागि मात्र पृथ्वीको विकिरणको बारेमा जानकारी दिनको लागि प्रक्षेपण गरिएको थियो ।

यस स्याटेलाइटमार्फत सूर्यको कति ऊर्जा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छ र पृथ्वीको वायुमण्डलसँग ठोक्किएपछि कति फर्कन्छ भन्ने नाप्ने प्रयास गरिएको थियो । स्याटेलाइटले २ वर्षको सट्टा २००५ सम्म काम गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै