• २०८१ बैशाख ८ शनिबार

दलित साहित्य प्रतिष्ठानद्वारा सांसद बराली सम्मानित

kharibot

काठमाडौँ । प्रतिष्ठानले नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य रणेन्द्र बरालीलाई सम्मान गरेको छ ।

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘शुभकामना, बधाई तथा सम्मान’ कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सांसद बरालीलाई सम्मान गरे ।

लामो समयदेखि दलित समुदायको मुक्तिका निम्ति सङ्घर्ष गरेका सांसद बराली नेकपा (माओवादी केन्द्र)बाट समानुपातिक सांसदमा निर्वाचित भएका छन् ।

प्रतिष्ठानका अध्यक्षसमेत रहेका सांसद बरालीले नेपाली साहित्यको क्षेत्रसमेतमा सक्रिय छन् । 

सोही अवसरमा प्रदेश प्रमुख परियारले सामाज रुपान्तरणको निम्ति दलित समुदायको मुद्दा राज्य र समाजको साझा मुद्दा बन्नुपर्ने धाराणा राखे ।

प्रतिष्ठानका उपाध्यक्ष तथा दलित अधिकारकर्मी मोतिलाल नेपालीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालगायत राज्यका हरेक संरचनामा दलित समुदायको समाज सहभागिताको माग गरे । हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट संंसद्मा समानुपातिकमा १५ जना र प्रत्यक्षमा एक जना गरी दलित समुदायबाट १६ जनाको प्रतिनिधित्व भएको छ । प्रतिनिधसभामा जम्मा सांसदको सङ्ख्या दुई सय ७५ मध्ये समानुपातिक र प्रत्यक्ष गरी कूल जनसङ्ख्याको १४ प्रतिशत अर्थात १६ जना सांसदको उपस्थिती रहेको छ । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकमा २८ जना सांसद निर्वाचित भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै