• २०८१ बैशाख १३ बिहीबार

बलिउड अभिनेता ऋतिकलाई ‘विक्रम बेधा’को पछुतो

kharibot

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खान अभिनित फिल्म ‘विक्रम बेधा’ गत सेप्टेम्बरमा रिलिज भएको थियो ।

दुई ठूला स्टारको अभिनयका बाबजुद पनि फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो ।

फिल्म असफलताको लामो समयपछि ऋतिकले मुख खोल्दै ‘विक्रम वेधा’मा काम गर्दा पछुतो लागेको उल्लेख गरेका छन् ।

‘फिल्म विक्रम बेधाले बक्सअफिसमा मेरो आशाको हिसाब विपरित प्रदर्शन गर्यो । यो असफल हुँदा यसले मभित्र केही न केही हलचल पैदा गरेको छ,’ ऋतिक भन्छन्, ‘यो फिल्मको असफलताबाट मैले के सिके भन्ने कुराको महशुस मलाई पछि होला । तर, एउटा कुरा के तय भएको छ भने मेरा प्रशंसकले मलाईँ एकै किसिमको भूमिकामा हेर्न चाहेका रहेछन् ।यो पटक मैले केही अलग गर्न चाहें, जुन कुरा दर्शकले चाहेनन् ।’फिल्ममा ऋतिक बेधा नामको भिलेन चरित्रमा थिए । जसको प्रशंसा समीक्षकसँगै दर्शकले पनि गरेका थिए ।

‘मैले निभाएको चरित्रलाई दर्शकले मनपराएनन् । अब मैले सोचेर बुझेर स्क्रिप्ट र चरित्र छान्नुपर्ने भएको छ । यस्तो फिल्म गर्न अब म दुई पटक सोच्नेछु’, उनले भनेका छन् ।

महंगो बजेटको यो फिल्मले बक्सअफिसमा केवल ७९ दशमलब ५३ करोडको मात्र व्यापार गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै