• २०८१ बैशाख १२ बुधबार

काठमाडौंबाट जुवातास खेलिरहेका ९ जना पक्राउ

kharibot

काठमाडौं । जुवातास खेलिरहेकाे अवस्थामा नाैजना पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका-२६ मित्रनगर डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१८ घर भएका ६६ वर्षीय होमनाथ ढकालको कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकालसमेत ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ । 

उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार रुपैयाँ र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै