• २०८१ बैशाख १३ बिहीबार

धरानमा सूर्य नेपाल इस्टर्न ओपन हुने

kharibot

काठमाडौँ । धरानमा सूर्य नेपाल इस्टर्न ओपनको आयोजना हुने भएको छ । सूर्य नेपाल गल्फ टुर २०२२-२३ को दोस्रो कार्यक्रम अन्तर्गत डिसेम्बर  २७ , २०२२ मा धरान गल्फ क्लब, धरानमा इस्टर्न ओपन हुने भएको हो ।

कार्यक्रमको प्रायोजन सूर्य नेपालले गरेको छ । यो प्रतियोगिता तीन दिनसम्म ५४ होलमा खेलिनेछ जसमा कुल ८ लाख रकम पुरस्कारको रुपमा खर्च हुने भएको आयोजकले जनाएका छन् ।

विजेताले कुल १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुनेलाई ६७ हजार नगद दिइने आयोजकले जानकारी दिएका छन् भने शीर्ष २१ मा रहेका अन्यले पनि नगद पुरस्कार पाउने छन् ।

शुक्रबार, डिसेम्बर ३० मा प्रो-एम कार्यक्रममा एमेच्योर गल्फरहरूले पेशेवरहरूसँग मिलेर प्रतियोगिताको समापन हुनेछ ।

व्यावसायिक खेलाडीहरु शुक्रबहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, मणि राई सञ्जय लामा, धन थापा प्रमुख दावेदार रहेका छन् ।

सूर्य नेपाल गल्फ टुर २०२२-२३ मा आठ टूर्नामेन्टहरू छन्, जसमा कुल ६१ लाख ८५ हजार बजेट छुट्याइएको जानकारी दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै