• २०८१ बैशाख १२ बुधबार

हलिवुड अभिनेता हेनरी सुपरम्यानको भूमिकामा नफर्कने

kharibot

काठमाडौँ । सुपरम्यानको भूमिकालाई धेरै कलाकारले पर्दामा निभाएका छन्, तर यो सुपरहिरोको भूमिकासँग जुन जोडाई हेनरी केविलको भयो, त्यहाँ अन्य कोही जोडिन सकेनन् । आज पनि ‘मेन अफ स्टिल’का लागि उनलाई सम्झने धेरै छन् । तर, हेनरीले अब सुपरम्यानको भूमिकामा नफर्कने घोषणा गरेका छन् ।

हेनरीले सामाजिक सञ्जालमार्फत् एक भावुक पोस्ट लेख्दै सुपरम्यानको भूमिकामा नफर्कने घोषणा गरेका हुन् । जेम्स गुन र पिटर सेफ्रनका साथ मिटिङ गरेपछि हेनरीले सामाजिक सञ्जालमा लेखेका हुन् । ‘हरेक कोहीका लागि दुःखद खबर छ । म सुपरम्यानको भूमिकामा अब फर्कने छैन । अक्टोबरमा स्टुडियोलाई फर्कनेबारे घोषणा गरेपछि अहिलेसम्म उनीहरुले मलाई हायर गरेका थिएनन् । यो खबर दिन सजिलो छैन, तर यही त जीवन हो । जिम्मेवारी अक्सर फेरिन्छ । म यसको सम्मान गर्छु’, उनले लेखेका छन् ।

‘जेम्स एण्ड पिटरलाई एक युनिभर्स बनाउनु छ । म उनलाई र यो नयाँ युनिभर्सको तयारीमा जोडिएका सबैलाई शुभकामना दिन चाहन्छु । उनीहरू सबै, जो यति वर्षसम्म मेरो साथ उभिए । म थोरै दुःख व्यक्त गर्न सक्छु, तर हामीले यो पनि सम्झनु पर्छ, सुपरम्यान अहिले पनि छ । ऊ जसका लागि उभिन्छ, ऊ अहिले पनि छ र उसले कायम राखेको मिसायल अहिले पनि छ । लबेदा लगाउने मेरो समय गयो, तर जुन कुराका लागि सुपरमेन खडा हुन्छ, त्यो कहिल्यै पनि जाँदैन’, उनले लेखेका छन् ।

केही दिनअघि ड्वेन जोनसनले ‘ब्ल्याक एडम’को रिलिजको समयमा फिल्मको आगामी भागमा हेनरी केविल सुपरमेन बनेर फर्कने बताएका थिए । यो फिल्म डीसी एक्सटेन्डेड युनिभर्सको हिस्सा हुनेछ ।

हेनरी पहिलोपटक सन् २०१३ मा रिलिज फिल्म ‘मेन अफ स्टील’मा सुपरम्यान बनेका थिए । यो डिसी युनिभर्सको पहिलो फिल्म थियो र यो सुपरहिरो रिबूट फिल्म थियो । ‘बेटमेन भर्सेस सुपरम्यान’ र ‘जस्टिस लिग’मा उनले यो भूमिका निभाएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै