• २०८१ बैशाख १४ शुक्रबार

बलिउड अभिनेता विवेक ओबराय चन्द्रागिरिमा, आजै पोखरा जाने

kharibot

काठमाडौं  । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय बिहीबार चन्द्रागिरि पुगेका छन् । 

परिवारसहित चन्द्रागिरि पुगेको ओबरायले त्यहाँ भालेश्वर मन्दिरमा पूजाअर्चनासमेत गरेका छन् । झण्डै दुई घन्टा चन्द्रागिरिमा बिताएका उनी काठमाडौं फर्किएका छन् ।

उनी यहाँबाट आजै पोखरा भ्रमणमा जानेछन् । बुधबार नेपाल आएका उनले पशुपतिनाथमा दर्शनसमेत गरिसकेका छन् । उनी भ्रमणका क्रममा म्याग्दीसम्म पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै