• २०८१ बैशाख १२ बुधबार

झारफुकको बाहानामा युवती धामीबाट बलात्कृत

kharibot

कपिलवस्तु । झारफूक गर्ने भन्दै एक धामीले महिलालाई बलात्कार गरेका छन् ।

मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले जवरजस्ती करणी गरी फरार रहेका थिए । पिडित युवतीको जाहेरीपछि फरार रहेका हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो ।

बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै जवरजस्तीकरणी गरेको पिडित युवतीले बताएकी छन् ।

पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको अपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै