• २०८१ बैशाख ८ शनिबार

भारतको गुजरातमा बिजेपी ठुलो जिततर्फ अग्रसर, हिमाचलमा प्रतिष्पर्धा

kharibot

काठमाडौँ । भारतको गुजरात राज्यको विधानसभामा बह्र्तीय जनता पार्टी (बिजेपी) ले ठुलो जित हासिल गर्ने संकेत देखिएको छ ।

१८२ सदस्यीय विधानसभाको मत गणनाको शुरुवाती रुझानमा बिजेपी १५० सिटमा अगाडी देखिएको छ ।

त्यस्तै भारतीय नेशनल काँग्रेस२० र आम आदमी पार्टी १० सिटमा अगाडी देखिएको छ । २०१७ मा बिजेपीले ९९ सिट जितेको थियो भने काँग्रेसले ७७ सिट जितेको थियो ।

गुजरातमा डिसेम्बर १ र ५ मा गरी दुई चरणमा बिधानसभाको निर्वाचन भएको थियो । दुई  चरणमा निर्वाचनमा ६४.३९ प्रतिशतले मताधिकार प्रयोग गरेका थिए ।

गुजरात राज्यमा बिजेपी १९९५ देखि लगातर सत्तामा रहेको छ ।

त्यस्तै अर्को राज्य हिमाचल प्रदेशमा भने बिजेपी र कांग्रेसबीच कडा प्रतिष्पर्धा देखिएको छ । ६८ सदस्यीय हिमाचल विधानसभामा अहिले बिजेपी ३२ र कांग्रेस ३२ सिटमा अगाडी रहेका छन् भने अन्य दल ४ सिटमा अगाडी रहेका छन् ।

यस राज्यमा बहुमतका लागि ३५ सिट आवश्यक पर्दछ । यस अघि २०१७ को निर्वाचनमा बिजेपीले हिमाचलमा ४४ सिट जितेर सरकार बनाएको थियो भने कांग्रेसले २१ र अन्य दलले ३ सिट जितेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै