• २०८१ बैशाख ७ शुक्रबार

मेसी र रोनाल्डोको विश्वकपमा भिडन्त कति सम्भव छ ?

kharibot

काठमाडौँ  । कतारमा जारी विश्वकप फुटबलको प्रि क्वाटरफाइनल खेलहरु सम्पन्न भएका छन् । आठ टोली क्वाटरफाइनलमा पुगेका छन् । अर्जेन्टिना, नेदरल्यान्ड्स, क्रोसिया, ब्राजिल, इङ्ल्यान्ड, फ्रान्स, मोरक्को र पोर्चुगल क्वाटरफाइनलमा पुगेका छन् ।

अर्जेन्टिना तेस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ । योसँगै पोर्चुगल पहिलो पटक फाइनलमा स्थानका लागि संघर्ष गरिरहेको छ । पोर्चुगलको विश्वकपमा उत्कृष्ट प्रदर्शन १९६६ र २००६ मा क्रमशः तेस्रो र चौथो स्थानमा रहेको थियो ।

अर्जेन्टिना र पोर्चुगल टोलीहरू अगाडि बढ्दै जाँदा, फ्यानहरूबीच लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको सम्भावित भिडन्तको अपेक्षा पनि गरिरहेका छन् ।

यस विश्वकपमा मेसी र रोनाल्डोको भिडन्त दुवै देश फाइनलमा पुगे मात्र हुने भएको छ  । धेरै फुटबल फ्यानहरुको यस्तो अपेक्षा पनि रहेको छ । 

यस्तो अवस्थामा विश्वका दुई महान् खेलाडी मेसी र रोनाल्डो फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको फाइनलमा आमनेसामने हुन सक्छन् त ? भन्ने प्रश्न आम फुटबल प्रेमीहरुबीच अहिले उठिरहेको छ । के यो सम्भव छ ?

पोर्चुगलको विश्वकपमा प्रदर्शन 

पोर्चुगलले घानालाई ३–२ ले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गर्यो । त्यसपछि उसले उरुग्वेलाई २–० ले हरायो भने दक्षिण कोरियासँग १–२ ले पराजित भए पनि ६ अंकका साथ समुह विजेता हुदै अन्तिम १६ मा पुग्यो ।

त्यसपछि पोर्चुगलले अन्तिम १६ को खेलमा स्वीट्जरल्याण्डलाई ६–१ ले हरायो । यो खेलमा रोनाल्डो सब्स्टिच्युटको रुपमा मैदानमा प्रवेश गरेका थिए र उनले यस खेलमा गोल गर्न भने सकेनन् । 

अर्जेन्टिनाको विश्वकपमा प्रदर्शन 

पहिलो खेलमा साउदी अरेबियासँग १–२ ले पराजित भएपछि अर्जेन्टिनाले पुनरागमन गरेको थियो । अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई २-० ले र समुह चरणको तेस्रो तथा अन्तिम पोल्याण्डविरुद्ध पनि २-० को नै प्रभावशाली जित हासिल गर्दै समुह विजेताको रुपमा नै अन्तिम १६ मा पुगेको थियो  ।

त्यसपछि अर्जेन्टिनाले प्रि-क्वार्टरफाइनलमा अस्ट्रेलियालाई २–१ ले हराएर आफ्नो क्वाटरफाइनल यात्रा तय गरको हो । यस खेलमा उनको लागि लियोनल मेसीले उत्कृष्ट गोल गरेका थिए । 

क्वाटरफाइनलमा पोर्चुगल र अर्जेन्टिना कोसँग भिड्दैछन् ?

पोर्चुगलले अफ्रिकी टोली मोरक्कोसँग क्वाटरफाइनलमा खेल्ने छ । मोरक्कोले पेनाल्टी सुटआउटमा स्पेनलाई ३–० ले पराजित गरेर क्वाटरफाइनलमा पुगेको छ । यस विश्वकपमा मोरक्कोलाई डार्क हर्स टिमको रुपमा लिइएको छ । उत्कृष्ट डिफेन्स र आक्रामक फरवार्डका कारण मोरक्कोले अहिलेसम्म विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको छ । अब क्वाटरफाइनलमा पनि मोरक्कोले पोर्चुगललाई कडा चुनौती दिने विश्वास गरिएको छ ।   

त्यस्तै, अर्जेन्टिनाको टोली क्वाटरफाइनलमा नेदरल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ ले हराउदै क्वाटरफाइनलमा पुगेको हो ।

सेमिफाइनलमा पोर्चुगल र अर्जेन्टिनाको सम्भावित भिडन्त 

यदि पोर्चुगल सेमिफाइनलमा पुगेमा उसले इङल्याण्ड वा डिफेन्डिङ च्याम्पियन फ्रान्सको सामना गर्नुपर्ने हुनसक्छ । यससँगै अर्जेन्टिनाको टोलीले सेमिफाइनलमा क्रोसिया वा ब्राजिलसँग खेल्न सक्नेछ ।

के मेसी र रोनाल्डोको फाइनल खेल होला ?

अर्जेन्टिनाले सेमिफाइनलमा ब्राजिल वा क्रोसियामध्ये कुनै एकलाई जित्यो भने फाइनलमा पुग्ने छ । योसँगै फ्रान्स वा इङ्ल्यान्डलाई हराएमा पोर्चुगल पनि उपाधिको यात्रामा फाइनलमा पुग्ने छ । यस्तो अवस्थामा मेसी र र रोनाल्डोबीच भिडन्त हुनसक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै