• २०८१ बैशाख ६ बिहीबार

आज नेपालले स्कटल्याण्डसँग खेल्दै

kharibot

काठमाडौं । आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । 

नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ । 

यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृंखलामा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ । सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ भने नामिबिया ३० खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै