• २०८१ बैशाख ११ मंगलबार

भारतविरुद्ध बंगलादेशको लगातार दोस्रो जित, सिरिजमा कब्जा

kharibot

काठमाडौँ । बंगलादेशले भारतविरुद्धको एकदिवसीय सिरिज एक खेल अगाडी नै जितेको छ ।

घरेलु टोली बंगलादेशले भारतलाई सिरिजको दोस्रो खेलमा ५ रनले पराजित गर्दै ३ खेलको सिरिज एक खेल अघि नै २-० ले जितेको हो ।

बंगलादेशले दिएको २७२ रनको लक्ष्य पछाएको भारतले ५० ओभरमा ९ विकेट गुमाउदै २६६ रन मात्र बनाएपछि खेल ५ रनले हारेको हो ।

भारतका लागि कप्तान रोहित शर्माले २८ बलमा अविजित ५१ रन बनाए पनि जित भने दिलाउन सकेनन् । त्यस्तै श्रेयस अय्यरले ८२ रन बनाए भने अक्सर पटेलले ५६ रन बनाए ।

बंगलादेशका बलर एबादत होसैनले ३ र मेहदी हसन तथा शकिब अल हसनले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले मेहदी हसनको अविजित १०० रनको उत्कृष्ट पारी तथा मह्मुदुल्लाहको ७७ रनको पारीको मद्दतले ५० ओभरमा ७ विकेट गुमाउदै २७१ रन बनाएको थियो । ६९ रनमा ६ विकेट गुमाएको बंगलादेशले सातौ विकेटका लागि मेहदी हसन र मह्मुदुल्लाहले १४८ रनको साझेदारी गर्दै बंगलादेशलाई राम्रो अवस्थामा पुर्याएका थिए ।

योसँगै बंगलादेशले ३ खेलको सिरिज २-० ले जितेको छ भने अब सिरिजको अन्तिम खेल शनिबार हुदै छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै