• २०८१ बैशाख १३ बिहीबार

टाइम म्यागजिनको बर्ष व्यक्तिमा युक्रेनका राष्ट्रपति जेलेन्स्की

kharibot

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की प्रसिद्ध टाइम म्यागजिनको बर्ष व्यक्ति बनेका छन् । टाइम म्यागेजिनले २०२२ को बर्ष व्यक्तिको रुपमा आफ्नो डिसेम्बर महिनाको कभर पेजमा जेलेन्स्कीको तस्बीर प्रकाशित गरेको छ ।

४४ बर्षिय पुर्व कमेडियन, अभिनेता, लेख र निर्मातर जेलेन्स्कीले २०१९ देखि युक्रेनको राष्ट्रपतिको रुपमा काम गरिरहेका छन् ।

गत फेब्रुअरी २४ देखि रुसको आक्रमणको सामना गरिरहेका जेलेन्स्की अहिलेसम्म पनि रुसको विरुद्धमा लडिरहेका छन् । २-४ दिनमै युक्रेन पूर्ण रुपमा रुसको नियन्त्रणमा आउने सबैको अनुमान विपरित जेलेन्स्कीको नेतृत्वमा युक्रेन साढे १० महिनादेखि लडिरहेको छ । पछिल्लो समयमा रुस युक्रेन युद्धबाट पछि हटेपनि विभिन्न मिसाइल आक्रमण भने जारी राखेको छ ।

यस क्रममा जेलेन्स्कीले अमेरिका र युरोपको राम्रो साथ पाएका छन् । उनले विश्वका ठुला देशका सबै संसदलाई सम्बोधन गर्ने देखि विश्वका नेताहरुलाई आफ्नो पक्षमा पार्न सफल भएका छन् ।  

टाइम म्यागेजिनले हरेक बर्ष  सो बर्ष चर्चामा रहने व्यक्तिलाई बर्ष व्यक्तिको उपाधि दिने गर्दछ । अघिल्लो बर्ष विश्वकै धनि व्यक्ति टेस्लाका मालिक एलन मस्कलाई दिएको थियो भने २०२० को बर्ष व्यक्तिको उपाधि अमेरिकाका राष्ट्रपति जो बाइडेन र अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति कमला ह्यारिशलाई दिएको थियो ।          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै