• २०८१ बैशाख १४ शुक्रबार

गोंगबुबाट लागुऔषधसहित १९ जना पक्राउ

kharibot

काठमाडौं । गोंगबुबाट अवैध लागु औषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । 

टोखा नगरपालिका-१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । 

मगरको कोठामा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार उक्त कोठाबाट अवैध लागु औषधसँगै ६५ हजार ५० रुपैयाँ नगद पनि बरामद गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै