• २०८१ बैशाख ६ बिहीबार

प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका सबै महिला पराजित

kharibot

काठमाडौं । आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ७७ जना महिलामध्ये सबै पराजित भएका छन् ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ स्वतन्त्र चुनाव लडेका सबै महिला पराजित भएका हुन् । प्रतिनिधि सभातर्फ देशभर राजनीतिक दल र स्वतन्त्र गरी कूल २२५ जना महिला उम्मेदवार थिए ।

उनीहरूमध्ये ९ जना मात्र निर्वाचित भएका छन् । नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेसबाट १ जना, नेकपा माओवादी केन्द्रबाट १ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना र नागरिक उन्मुक्ति पार्टीबाट १ जना गरी कूल ९ जना महिला उम्मेदवारले प्रत्यक्ष चुनाव जितेका हुन् । 

देशभरबाट स्वतन्त्र उम्मेदवारी दिएका ७९० जना पुरुषमध्ये ५ जना पुरुष प्रत्यक्ष निर्वाचित भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै