• २०८१ बैशाख ६ बिहीबार

७ राष्ट्रिय पार्टीसहित १२ दल संसदमा, कस्तो बन्दै छ संसद ?

kharibot

काठमाडौँ । मङ्सिर ४ गते भएको आम निर्वाचनको अन्तिम परिणाम आइसकेको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत गणना सकिएपछि अब निर्वाचन आयोगले अन्तिम परिणाम सार्बजनिक गर्ने तयारी गरेको छ ।

आयोगका अनुसार बुधबार नै समानुपातिकतर्फको सिट बिभाजन सार्बजनिक हुने छ ।

निर्वाचनको अन्तिम परिणाम अनुसार अब संसदमा १२ पार्टीको प्रतिनिधित्व हुने भएको छ । जसमा ८ पार्टी राष्ट्रिय पार्टीको हैसियतमा संसदमा हुने छन् ।

प्रत्यक्षतर्फ:   

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, जसपाले ७, राप्रपाले ७, स्वतन्त्रले ५, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र  नेमकिपाले एक एक सिट जितेका छन् ।

समानुपातिकतर्फ:

त्यसैगरी समानुपातिक मतअनुसार सबैभन्दा धेरै नेकपा एमालेले सांसद पाउने देखिएको छ । समानुपातिकतर्फ एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ सिट पाउने भएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा भने राष्ट्रिय पार्टी बन्न आवश्यक थ्रेस होल्ड कटाउन असफल भएका छन् ।

प्रत्यक्ष र समानुपातिक गरेर संसदमा दलीय अंकगणित:
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै