• २०८१ बैशाख १२ बुधबार

रुसी क्षेप्यास्त्र प्रहारले युक्रेनी राजधानीको आधा क्षेत्र अन्धकारमय

kharibot

काठमाडौँ । सोमबारको रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाउन आपतकालीन बन्द गर्न लागेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

उनले धेरै क्षेत्रमा विद्युत प्रभावित भएको बताए ।  स्थानीय अधिकारीहरूले आगामी दिनमा किभको लगभग आधा क्षेत्र बिजुलीविहीन रहने चेतावनी दिए । सोमबार भएको हमलामा चार जनाको मृत्यु भएको थियो ।

रातारात थप मिसाइलहरू दक्षिणी शहर जापोरिझिया नजिकैको महत्वपूर्ण पूर्वाधारमा प्रहार भएको अधिकारीहरूले बताएका छन् । 

मंगलबारको एउटा छुट्टै घटनाक्रममा रुसको कुर्स्क क्षेत्रका गभर्नरले एयरफिल्डमा भएको ड्रोन हमलामा तेल भण्डारण ट्यांकीमा आगो लागेको बताए ।

अनलाइन पोस्ट गरिएको भिडियोले साइटबाट भीषण आगो र बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै