• २०८१ बैशाख १२ बुधबार

रोनाल्डोलाई बाहिर राखेको विषयमा प्रशिक्षक सान्तोषले के भने ?

kharibot

काठमाडौँ । पोर्चुगलले स्वीजरल्याण्डविरुद्ध ६-१ गोल अन्तरको शानदार जितसहित विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्दै छ । तर स्वीजरल्याण्डविरुद्धको खेलमा पोर्चुगलका प्रशिक्षक फेर्नान्डो सान्तोष फरक रणनीतिमा देखिए । उनले शुरुको प्लेइङ ११ मा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखे । रोनाल्डो २००८ पछि पहिलो पटक पोर्चुगलको पहिलो रोजाईमा परेनन् । यसअघि दक्षिण कोरियाविरुद्धको खेलमा सब्सटिच्युट गर्दा पनि रोनाल्डो रिसाएको देखिएको थियो ।

तर प्रशिक्षक सान्तोषले लिएको यो निर्णय सहि देखियो । रोनाल्डोको ठाउमा खेलेका २१ बर्षिय गोन्कालो रामोसले ह्याट्रिक गरे ।  बेनिफिकाबाट खेल्ने रामोसले प्रशिक्षकको निर्णयलाई सहि साबित गर्दै यो यस विश्वकपकै अहिलेसम्मको पहिलो ह्याट्रिक गरे । 

यद्यपी रोनाल्डो यस खेलमा खेलको ७३औं मिनेटमा जोआओ फेलिक्सलाई रिप्लेस गर्दै मैदान छिरेका थिए ।

खेलपछि रोनाल्डोलाई बाहिर राख्नुको कारण बारे प्रशिक्षक सान्तोषले आफ्नो प्रतिक्रिया दिदै रोनाल्डोसँग कुनै समस्या नरहेको बताए । उनले स्वीजरल्याण्डविरुद्ध टिमले बनाएको रणनिति अन्तर्गत रोनाल्डोलाई बाहिर राखेको बताउदै सान्तोषले राष्ट्रिय टिमको कप्तानले उत्कृष्ट उदाहरण पेश गरेको बताए ।

उनले भने- 'रोनाल्डोसँग कुनै समस्या छैन । हामी कैयौं बर्षदेखि सँगै छौं । खेलाडीहरु ले केहि निर्णय गर्छन् । यस्ता कुराले हामीलाई कुनै असर गर्दैन । रोनाल्डोसँग मैले पहिले नै कुरा गरेको थिए । उनले राष्ट्रिय टिमको कप्तानको रुपमा ठुलो उदाहरण प्रस्तुत गरेका छन् ।'

अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोविरुद्ध खेल्ने छ र सो खेलमा रोनाल्डो पोर्चुगलको शुरुवाती टिममा हुन्छन् या हुदैनन् भन्ने बहस अहिले शुरु भएको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै