• २०८१ बैशाख १३ बिहीबार

दक्षिण कोरियन शो हेरेको आरोपमा उत्तर कोरियामा दुई विद्यार्थीलाई मृत्युदण्ड

kharibot

काठमाडौँ । उत्तर कोरियाबाट एउटा अचम्मको खबर आएको छ । यहाँ माध्यमिक सत्रमा अध्ययनरत दुई विद्यार्थीलाई मृत्युदण्ड दिइएको छ । उनीहरुको एउटै गल्ती थियो, उनीहरु दुबैले दक्षिण कोरियामा बनेको टिभी शो हेरेका थिए ।

रेडियो फ्री एशियाको रिपोर्ट अनुसार दुवै विद्यार्थीको उमेर १५–१६ वर्ष थियो । दुवैलाई भीडको अगाडि सार्वजनिक रूपमा गोली हानिएको थियो । 

कोरियाली मिडियालाई उद्धृत गर्दै बेलायती अखबार ‘द इन्डिपेन्डेन्ट’ ले आफ्नो रिपोर्टमा लेखेको छ– यो घटना अक्टोबरमा भएको थियो तर अहिले सार्वजनिक भएको छ । एक प्रत्यक्षदर्शीले भने, उनी मृत्युदण्ड हेर्न बाध्य थिए । प्रत्यक्षदर्शीले भने- राष्ट्रपति किम जोङ उनका अधिकारीहरूले हेसन सहरमा बस्ने मानिसहरूलाई खाली मैदानमा भेला हुन भनेका थिए । यहाँ केही अफिसरहरूले विद्यार्थीहरूलाई भीडको अगाडि गोली हानेर मृत्युदण्ड दिएका थिए ।

दक्षिण कोरियाली नाटक र संगीतको बढ्दो लोकप्रियता हेर्न उत्तर कोरियाले २०२० मा एउटा कानुन पारित गरेको थियो । वैचारिक र सांस्कृतिक औजारलाई नियन्त्रण गर्न वैदेशिक सूचना र त्यसको प्रभावलाई यस कानूनमा प्रतिबन्ध लगाइएको थियो ।

यी दुई विद्यार्थी उत्तर कोरियाको रियाङगाङ प्रान्तको एक हाईस्कूलमा भेटिएका थिए । यहाँ दुवैले धेरै दक्षिण कोरियाली र अमेरिकी नाटक र चलचित्र हेरेका थिए। दुवैलाई कोरियाली नाटक अन्य आफ्ना साथीहरुलाई पनि देखाएको आरोप लगाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै