• २०८१ बैशाख १२ बुधबार

मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ

kharibot

काठमाडौं  । जनकपुरमा मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका - २ का १९ वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ । 

जनकपुर उपमहानगरपालिका - ९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा मंगलबार उनी पक्राउ परेका हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै