• २०८१ बैशाख ८ शनिबार

रुकुम पूर्वमा सुन्तलाले बजार पाएन

kharibot

मुसिकोट । रुकुम पूर्व सिस्ने गाउँपालिका-८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ ।

बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उनि सुन्तलाले बजार नपाउँदा भने निराश भएका छन् । 

एकातिर बजारसम्मको सहज पुहँच छैन भने अर्कोतर्फ सुन्तलाले उचित मूल्य पनि नपाउने अवस्था छ ।

समयमा बिक्री गर्न नसक्ने सुन्तलालाई भण्डारनका लागि चिस्यान केन्द्रको सुविधा पनि छैन । नाथले १० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका छन् ।

सुन्तला बिक्रीबाट बर्सेनि दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने नाथले यस वर्ष पनि दुई लाख बराबरको सुन्तला बिक्री गर्ने योजना रहेको बताए ।

एउटा बोटबाट रु चार हजार बराबरको सुन्तला बिक्री भए रु चार लाख आम्दानी हुने उनको हिसाब छ । सोही ठाउँका अर्का किसान गोपाल पुनले पनि ३४ रोपनी क्षेत्रमा सुन्तला खेती गरेका छन् । उनका बारीमा सुन्तलाका एक हजार बोट छन् । तर सबै बोटले फल दिँदैनन् केही सुन्तलाको बोट साना छन् । उहाँले सुन्तलाबाट गत वर्ष रु एक लाख ८० हजार आम्दानी गरेका थिए । 

सिस्ने गाउँपालिका अन्तर्गत वडा नं ७ र ८ मा राम्रो सुन्तला उत्पादन हुन्छ । वडा नं ८ मा मात्रै करिब ४० वटा सुन्तलाका बगैँचा छन् । सबै बगैँचामा सुन्तला फलेका छन् तर बजार नपाउँदा त्यत्तिकै खेर जाने डर किसानहरुमा छ । गाउँमा व्यापारीहरु सुन्तला खरिद गर्न नआउँदा किसानहरु आफैँले सुन्तला बोकेर रुकुम पश्चिमको खलङ्गा र रुकुम पूर्वको रुकुमकोटसम्म जान बाध्य छन् । सुन्तला भण्डारका लागि गाउँपालिकाले चार वर्षअघि निर्माण गरेको चिस्यान केन्द्र प्रयोगमा आउन सकेको छैन ।

यतिबेला झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखानी र भुरुङ्गामा सुन्तला पाकेर पहेँलै भएका छन् । गाउँपालिकाले भने सुन्तला बिक्रीका लागि बजार व्यवस्थापनको पहल भइरहेको दाबी गरेको छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले हाल एउटा सहकारीसँगको सहकार्यमा सुन्तला बिक्रीको व्यवस्था गर्न लागिएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै