• २०८१ बैशाख १३ बिहीबार

पेनाल्टी सुटआउटमा हार्यो जापान, क्रोसिया क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । क्रोसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । क्रोसियाले पेनाल्टी सुटआउटमा जापानलाई ३-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

पेनाल्टी सुट आउटमा जापानले शुरुका दुईसहित तीन पेनाल्टी मिस गरेको थियो भने क्रोसियाले एक पेनाल्टी मिस गरेको थियो । 

विश्वकप फुटबल अन्तर्गत राउण्ड १६ को जापान र क्रोसियाको खेलको निर्णय पेनाल्टी सुट आउटमा भएको हो ।

९० मिनेटसम्मको खेलमा दुवै देशले १-१ गोलको बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

९० मिनेटको खेलमा जापानका लागि खेलको ४३औं मिनेटमा डाइजेन माएडाले गोल गर्दै जापानलाई शुरुवाती अग्रता दिलाएका थिए भने क्रोसियाका लागि खेलको ५५औं मिनेटमा इभान पेरिसिकले गोल गरेर खेल बराबरी गरेका थिए ।

योसंगै जापानको विश्वकप यात्रा सकिएको छ । जापानको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन राउण्ड १६ सम्म नै रहेको छ । जापान यस विश्वकपसहित चार पटक राउण्ड १६ मा पुगेको थियो ।  यसअघि २००२, २०१० र २०१८ मा राउण्ड १६ सम्म पुगेको थियो ।

अब क्रोसियाले क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै