• २०८१ बैशाख १३ बिहीबार

मार्काको दाबि- रोनाल्डो साउदी क्लब अल नासरबाट जनवरीदेखि खेल्छन् !

kharibot

काठमाडौँ । स्पेनिस मिडिया मार्काले म्यानचेस्टर युनाइटेडसँग सम्झौता रद्ध गरेका क्रिस्टियानो रोनाल्डो साउदी लिग खेल्ने दाबि गरेको छ ।

मार्काले रोनाल्डोले साउदी क्लब अल नासरसँग जनवरी १ देखि साढे दुई बर्षको सम्झौता गर्ने दाबि गरेको छ ।

रोनाल्डोलाई अल नासरले बार्षिक २०० मिलियन युरोको अफर गरेको मार्काको दाबि छ । यसमा रोनाल्डोको पारिश्रमिक र विज्ञापनसम्बन्धि सम्झौता समावेश रहेको बताइएको छ । रोनाल्डोले अल नासरमा साढे २ बर्षका सम्झौता गर्ने निश्चित भएको आफ्नो रिपोर्टमा मार्काले दाबि गरेको छ ।

यस अघि साउदी अरबका खेलकुदमन्त्रीले पनि रोनाल्डोलाई साउदी लिगमा भित्र्याउन सबै प्रयास गर्ने बताएका थिए ।

साउदी अरबले आफ्नो लिगलाई विश्व स्तरमा पुर्याउन खेलाडीको रुपमा मात्र नभएर समग्र साउदी फुटबलको  प्रमुख चेहेरा बनाउन रोनाल्डोलाई भित्र्याउने प्रस्ताव गरेको बताइएको छ । 

हाल विश्वकपमा केन्द्रित रहेका रोनाल्डो राम्रो लयमा देखिएका छैनन् । यस विश्वकपमा उनले केवल एक गोल मात्र गरेका छन् । लगातार खराब फर्ममा रहेका रोनाल्डोको विषयमा पोर्चुगलका फ्यानहरुले समेत अहिले प्रश्न उठाएको मिडिया रिपोर्ट आएको छ । पोर्चुगलले अब राउण्ड १६ मा मंगलबार राति स्वीजरल्याण्डको सामना गर्दै छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै