• २०८१ बैशाख १४ शुक्रबार

सिके राउतको प्रचण्ड र नेपालसँग भेटवार्ता

kharibot

काठमाडौँ । भर्खरै सम्पन्न निर्वाचनबाट राष्ट्रिय दल बनेसँगै जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो सक्रियता बढाएका छन् ।

राउतले पछिल्लो समय सत्तारुढ गठबन्धनसँग आफ्नो सामिप्यता बढाउदै आएका छन् । यसैक्रममा राउतले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संयुक्त भेट गरेका छन् ।

प्रत्यक्षतर्फ एक तथा समानुपातिकतर्फ कम्तिमा चार सिट जितेको जनमत पार्टीका नेता राउतले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट गरिसकेका छन् ।

उनले मधेश प्रदेशसहित केन्द्रमा पनि सरकारमा जाने तयारी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै