• २०८१ बैशाख ८ शनिबार

माओवादी बैठक: सरकार बनाउन गठबन्धनमै छलफल केन्द्रित गर्ने

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार निर्माणमा गठबन्धनमै छलफल गर्ने निष्कर्ष निकालेको छ । 

पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीको अनौपचारिक  बैठकपछि महासचिव देव गुरुङ सरकार गठनको विषयमा गठबन्धनका दलसँग छलफल गरेर अगाडि बढ्ने निष्कर्षमा पुगेको जानकारी दिएका छन् ।

गुरुङले गठबन्धनको बैठक बसेर निर्वाचनको समीक्षा गरेर सरकार गठनको विषयमा धारणा बनाउने बताए ।

गुरुङले आफूहरू गठबन्धनमै रहेकोले गठबन्धननै मुख्य प्राथमिकतामा रहेको बताउदै एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनै छलफल नभएको बताए ।

उनले गठबन्धनको बैठक सोमबार नै बस्ने जानकारी दिए ।

उनले भने, ‘अहिले विकल्पको बारेमा छलफल भएको छैन । हामि गठबन्धनमै रहेकाले अहिले विकल्प खोज्ने कुरै भएको छैन र अहिले सरकारको विषय छलफलमा प्रवेश भएको छैन ।;

गुरुङले अहिले गठबन्धनको विकल्प तुरुन्तै नसोचेको बताउदै पार्टी निर्वाचनको समिक्षामा बढी केन्द्रित रहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै