• २०८१ बैशाख १२ बुधबार

मेसीको हजारौं खेल र किर्तिमान

kharibot

काठमाडौँ । लियोनल मेसी फिफा विश्वकप २०२२ मा उत्कृष्ट लयमा छन् र उनले अर्को विशेष कीर्तिमान आफ्नो नाममा राखेका छन् । अष्ट्रेलियाविरुद्धको प्रि-क्वार्टरफाइनल खेलमा मेसीले गोल गर्दै टोलीको २–१ को जितमा महत्वपूर्ण योगदान पुर्याएका थिए । खेलको ३५औं मिनेटमा मेसीले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेजले दोस्रो गोल गरे । योसँगै अष्ट्रेलियाका लागि आत्मघाती गोल गरेका अर्जेन्टिनाका इन्जो फर्नान्डिसको गल्ती भयो । तर, यसले खेलको नतिजामा कुनै असर परेन ।

यो लियोनल मेसीको १०००औं खेल थियो र मेसीले यो खेलमा अर्को कीर्तिमान बनाएर यसलाई विशेष बनाएका छन् । उनले आफ्नो टोलीलाई जित दिलाए र क्वाटरफाइनलमा पुगे । उनले उत्कृष्ट खेलका लागि प्लेयर अफ द म्याचको अवार्ड पनि पाए । फिफा विश्वकप २०२२ को नकआउट खेलमा मेसीको यो पहिलो गोल थियो । योसँगै उनले आफ्नो देशका लिजेण्ड म्याराडोनाले विश्वकपमा गरेको गोलको रेकर्ड तोडेका छन् ।

फिफा विश्वकपमा अर्जेन्टिनाका लागि मेसीले ९ गोल गरेका छन् । योसँगै उनले विश्वकपमा ८ गोल गरेका महान खेलाडी डिएगो म्याराडोनालाई पछाडि पारेका छन् । मेसी फिफा विश्वकपमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् । फिफा विश्वकपमा अर्जेन्टिनाका लागि गाब्रियल बाटिस्टुटाले १० गोल गरेका छन् । मेसी अहिले बाटिस्टुटाभन्दा एक गोलले पछि छन् ।

मेसीले आफ्नो पहिलो खेल १६ अक्टोबर २००४ मा खेले र ३ डिसेम्बर २०२२ मा उनले आफ्नो १०००औं खेल खेले । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै