• २०८१ बैशाख ७ शुक्रबार

नेपालले स्कटल्याण्डलाई दियो १३८ रनको लक्ष्य

kharibot

काठमाडौं । नेपालले आईसिसी विश्वकप लिग टु अन्तर्गतको नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा स्टकल्याण्डलाई १३८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४०.१ ओभरमा अलआउट हुदै १३७ रन बनाएको हो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले २५ रन बनाएका थिए भने अर्जुन साउदले १८ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले १७, आरिफ सेखले १० रनको योगदान दिए ।

त्यसैगरी आसिफ सेखले ७, कुशल भुर्तेल शुन्य, दिपेन्द्र सिंह ऐरी ९ र कारण केसी ८ ले रनको योगदान दिए । त्यस्तै गुलसन झाले २९, सागर ढकालले ४ र ललित राजबंशीले ३ रन बनाएका थिए ।

स्कटल्याण्डका लागि क्रिस सोलले सर्बाधिक ३ विकेट, मार्क वाटले २ विकेट लिए भने ब्राण्डन म्याकमुलेन, सफयान शरिफले एक एक विकेट लिएका थिए ।

यस सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाबीचको खेल बर्षाले रद्ध हुदा एक एक अंक बाँडेका थिए । 

विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक रहेको छ भने छैठौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको२९ खेलमा ४२ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ भने  नामिबियाको २८ खेलमा २८ अंकसहित चौथो स्थानमा छ ।  
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै