• २०८१ बैशाख ६ बिहीबार

महान फुटबलर पेलेको स्वास्थ्य अवस्था चिन्ताजनक

kharibot

काठमाडौँ । कतारमा जारी विश्वकपको बीचमा ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । उनलाई साओ पाउलोको अस्पतालमा भर्ना गरिएको छ । पेलेलाई सामान्य जाँचका लागि अस्पतालमा भर्ना गरिएको थियो, तर केमोथेरापीले उनको शरीरका अंगहरूलाई असर नगरेको अस्पतालले जानकारी दिएको छ । जसका कारण उनलाई प्यालिएटिभ केयरमा सारिएको छ ।

अल्बर्ट आइन्स्टाइन अस्पतालका चिकित्सकका अनुसार पेलेको शरीरका धेरै अंगले काम गर्न छाडेका छन् । किमोथेरापीले उनलाई कुनै असर गरेको छैन । पेले पछिल्ला बर्षहरुमा क्यान्सरसँग लडिरहेका छन् । अहिले उनको अवस्था चिन्ताजनक रहेको ब्राजिलियन मिडियालाई उद्धृत गर्दै समाचारहरु आइरहेका छन् ।

पेलेको अवस्था देखेर विश्वका धेरै फुटबलरहरुले ट्विट गर्न थालेका छन् । फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले राजाका लागि प्रार्थना गर्न भनेका छन् । यसै क्रममा ब्राजिलका पूर्व स्टार रिभाल्डोले लेखेका छन्– राजा बलियो होस् । विश्वकप फुटबलको आधिकारिक ट्विटर ह्यान्डलबाट पनि पेलेका लागि प्रार्थनाको माग गरिएको छ । कतार विश्वकपका आयोजकहरूले पनि पेलेको लागि प्रार्थना गर्दै दोहाको एउटा भवनमा लेजर लाइटमार्फत उनको तस्बिर देखाउँदै लेखेका थिए– छिट्टै निको होस् ।

पेले सात महिनाअघि पनि अस्पताल भर्ना भएका थिए । त्यसपछि उनी नियमित जाँचपछि बाहिर निस्किए । सेप्टेम्बर २०२१ मा ८२ वर्षीय पेलेको कोलोन (ठूलो आन्द्रा)बाट ट्युमर निकालिएको थियो । त्यसयता उनी नियमित अस्पताल गइरहेका छन् । ईएसपीएन ब्राजिलले पेलेलाई मुटुको समस्या भएको र उनको केमोथेरापी उपचारले राम्रो प्रतिक्रिया नदिएकोमा उनको मेडिकल स्टाफले चिन्ता व्यक्त गरेको उल्लेख गरेको छ ।

पेलेले आफ्नो देश ब्राजिललाई तीन पटक विश्व च्याम्पियन बनाएका थिए । उनको नेतृत्वमा ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । सन् १९५८ को विश्वकपको फाइनलमा सुडानविरुद्ध दुई गोल गरेका थिए । पेलेले आफ्नो व्यावसायिक करियरमा कुल १३६३ खेल खेलेका छन् र १२८१ गोल ​​गरेका छन् । उनले ब्राजिलका लागि ९१ खेलमा ७७ गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै