• २०८१ बैशाख ८ शनिबार

विश्वकपको राउण्ड-१६ को समीकरण पुरा, कुन देश कोसँग खेल्दै ?

kharibot

काठमाडौँ । जारी विश्वकप फुटबलको राउण्ड १६ को समीकरण पुरा भएको छ । गएराती समुह चरणका अन्तिम खेलहरु सम्पन्न भएसँगै विश्वकपमा सहभागी ३२ टिम मध्ये १६ देश प्रतियोगिताबाट बाहिरिएका छन् भने १६ देश प्रतियोगितामा अगाडी बढेका छन् ।

समुह ए बाट नेदरल्याण्डस विजेता र सेनेगल उपविजेता हुदै राउण्ड १६ मा पुगेका छन् भने इक्वेडर र आयोजक कतार समुह चरणबाटै बाहिरिएका छन् ।

त्यस्तै समुह बी बाट इङल्याण्ड समुह विजेता हुदै र अमेरिका उपविजेता हुदै राउण्ड १६ मा पुगेका छन् भने इरान र वेल्स समुह चरणबाटै बाहिरिएका छन् ।

त्यसैगरी समुह सी बाट अर्जेन्टिना समुह विजेता हुदै र पोल्याण्ड उपविजेता हुदै राउण्ड १६ मा पुगेका छन् भने यस समुहबाट मेक्सिको र साउदी अरेबिया समुह चरणबाटै बाहिरिएका छन् ।

त्यस्तै समुह डी बाट विश्वकपको डिफेन्डिङ च्याम्पियन फ्रान्स समुह विजेता हुदै र अस्ट्रेलिया उपविजेता हुदै राउण्ड १६ मा पुगेका छन् भने यस समुहबाट ट्युनिसिया र डेनमार्क समुह चरणबाटै बाहिरिएका छन् ।

त्यसैगरी समुह इ बाट एशियाली देश जापान समुह विजेता हुदै र स्पेन उपविजेता हुदै राउण्ड १६ मा पुगेका छन् भने चार पटकको विश्व च्याम्पियन्स जर्मनी र कोस्टा रिका समुह चरणबाटै बाहिरिएका छन् ।

त्यस्तै समुह एफ बाट मोरक्को समुह विजेता हुदै र २०१८ विश्वकपको फाइनालिष्ट क्रोसिया समुहको उपविजेता हुदै राउण्ड १६ मा पुगेका छन् । त्यस्तै गत विश्वकपमा तेस्रो भएको बेल्जियम र क्यानडा यस समुहबाट समुह चरणमै बाहिरिएका छन् ।

त्यस्तै समुह जी बाट पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिल समुह विजेता हुदै र स्वीजरल्याण्ड उपविजेता हुदै राउण्ड १६ मा पुगेका छन् भने क्यामरुन र सर्बिया समुह चरणबाटै बाहिरिएका छन् ।

त्यसैगरी समुह एचबाट पोर्चुगल समुह विजेता हुदै र दक्षिण कोरिया उपविजेता हुदै राउण्ड १६ मा पुगेका छन् भने घाना र उरुग्वे समुह चरणबाटै बाहिरिएका छन् ।

राउण्ड १६ मा कुन देश कोसँग खेल्दै छ ?

राउण्ड १६ का खेलहरु शनिबार देखि नै शुरु हुदै छन्  राउण्ड १६ मा पहिलो खेल नेदरल्याण्डस र अमेरिकाबीच नेपाली समय अनुसार ८: ४५ बजेदेखि शुरु हुने छ ।

राउण्ड १६ मा नेदरल्याण्डसले अमेरिकाको सामना गर्दा अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्ने छ ।

त्यस्तै फ्रान्सले पोल्याण्डको सामना गर्ने भने इङल्याण्डले सेनेगलको सामना गर्ने भएको छ ।

त्यसैगरी जापानले क्रोसियाको सामना गर्ने भएको छ भने ब्राजिलले दक्षिण कोरियाको सामना गर्ने छ ।

त्यस्तै मोरक्कोले स्पेनसँग राउण्ड १६ मा खेल्ने छ भने पोर्चुगलले स्वीजरल्याण्डको सामना गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै