• २०८१ बैशाख ७ शुक्रबार

स्पेनविरुद्ध जापानले बनाएको किर्तिमान र विवादित गोल !

kharibot

काठमाडौँ । जारी विश्वकपमा ठुला उलटफेर हुनेक्रम जारी रहेको छ । चार पटकको विश्वकप विजेता जर्मनी लगातार दोस्रो पटक समुह चरणबाट नै बाहिरिएको छ । भने बलियो मानिएको स्पेनलाई पराजित गरेर एशियाली पावर हाउस जापान समुह विजेता हुदै राउण्ड १६ मा पुगेको छ ।

जापानले स्पेनलाई २-१ ले पराजित गर्दै विश्वकपको एक रेकर्ड समेत बनेको छ । पुरै खेलमा जापानको बल पोसेसन जम्मा १७.७ प्रतिशत रहेको थियो । खेल अवधिमा १७.७ प्रतिशत मात्र बल पाएको जापानले खेलमा विजयी नतिजा निकालेर स्पेनलाई स्तब्ध बनायो ।

यो विश्वकपकै इतिहासमा जित हासिल गर्ने टिमको अहिलेसम्मकै कम बल पोसेसन हो ।

टिकी टाका उपनामले चिनिने स्पेनलाई जापानले पाएको आक्रमणको अवसरलाई सदुपयोग गर्दै गोलमा परिणत गरेपछि सुखद नतिजा निकाल्न सकेको थियो ।

तर जापानको गोल विवाद रहित भने हुन सकेन । खेलको ५१औं मिनेटमा जापानका आओ टनाकाले गरेको गोलमा पास दिदा आउट बल पास दिएको देखिएको छ । यसलाई भिडियो असिस्ट रेफ्रीले गरेको निर्णयमा विवाद भएको हो । शुरुमा गोल नदिए पनि भारले गोल दिएपछि यसमा विवाद भएको छ ।

भिडियोमा हेर्दा जापानका कओरु मिटोमाले बल क्रस गर्दा बल लाइन बाहिर देखिएको छ । सामाजिक संजाल भारको निर्णयको कडा आलोचना गरिएको छ ।

जापानको यस नतिजाले यसै समुहको जर्मनीलाई असर गर्यो । जर्मनी समुहमा तेस्रो हुदै विश्वकपको यात्रा टुंगाउन बाध्य भयो । जापानले नै समुह चरणको पहिलो खेलमा जर्मनीलाई पराजित गरेको थियो ।

जापान योसहित चौथो पटक विश्वकपको राउण्ड १६ मा पुगेको छ । यस अघि २००२, २०१०, २०१८ मा पनि राउण्ड १६ मा पुगेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै