• २०८१ बैशाख ५ बुधबार

रिलिजमा फ्लप भएपछि 'क्लासिक कल्ट' बनेका बलिवुडका यी तीन फिल्म

kharibot

काठमाडौँ । हरेक वर्ष हिन्दी फिल्म उद्योगमा ठूलो संख्यामा फिल्म रिलिज हुन्छन् । यीमध्ये केही चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छन् । त्यसैगरी कतिपय चलचित्रले जनताको अपेक्षा पूरा गर्न सकेका छैनन् ।

हिन्दी सिनेमाको इतिहासमा केही यस्ता चलचित्रहरू छन्, जुन रिलिजपछि तुरुन्तै फ्लप साबित भए पनि समयले यी चलचित्रहरूलाई क्लासिक कल्ट बनायो । जुन फिल्मको चर्चा बलिवुड फिल्ममा अहिले पनि उत्तिकै सम्मानका साथ् गरिन्छ ।

शोले 

यस सूचीमा सबैभन्दा पहिलो नाम आउछ फिल्म शोलेको । अमिताभ बच्चन र धर्मेन्द्र स्टारर फिल्म ‘शोले’ रिलिज भएको पहिलो सातामै समीक्षकहरूले फ्लप घोषित गरेका थिए । तर, पछि सकारात्मक 'वर्ड अफ माउथ' का कारण शोले हेर्न थिएटरमा भीड बढ्न थाल्यो । त्यसपछि दर्शकले यस फिल्मलाई साथ् दिदै गए । र यो हिन्दी सिनेमाको इतिहासकै सबैभन्दा सफल फिल्म बन्यो । आज पनि मानिसहरू यसलाई हेर्न रुचाउँछन् ।

अन्दाज अपना अपना 

यस फिल्ममा आमिर खान र सलमान खान पहिलो पटक सँगै देखिएका थिए । फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गरेका थिए । रिलिजपछि यो फिल्म बक्स अफिसमा फ्लप साबित भयो । तर, पछि यो फिल्मको कमेडीलाई मानिसहरूले धेरै मन पराए । आज यो अल टाइम सुपरहिट कमेडी फिल्मको सूचीमा रहेको छ ।

अग्निपथ 

यस लिस्टमा अमिताभ बच्चनको अग्निपथको नाम पनि परेको छ । सन् १९९० मा आएको यो फिल्मको निकै चर्चा भएको थियो । तर, रिलिजपछि फिल्म बक्स अफिसमा फ्लप घोषित भएको थियो । बिस्तारै टिभी र डीभिडीको माध्यमबाट फिल्मले जनताको मनमा विशेष स्थान बनायो । विजय दीनानाथ चौहानको भूमिका निभाएका अमिताभ बच्चनको यस फिल्मको भूमिका लागि अहिले पनि प्रशंसा भइरहन्छ ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै