• २०८१ बैशाख १३ बिहीबार

विश्वकपको इतिहासमा पहिलो पटक महिला रेफ्रीले खेल संचालन गर्दै

kharibot

काठमाडौँ । फिफा पुरुष विश्वकपको इतिहासमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् ।

विहिबार राति हुने समुह इ अन्तर्गतको जर्मनी र कोस्टा रिकाबीचको खेल तीन महिला रेफ्रीले संचालन गर्ने भएको फिफाले जानकारी गराएको छ ।  

फ्रान्सकी ३९ बर्षिय स्टेफनी फ्रापार्ट सो खेलमा प्रमुख रेफ्री हुने भएकी छन् । यो खेल नेपाली समय अनुसार विहिबार राति १२:४५ बजे हुने छ । 

उनलाई ब्राजिलकी नेउजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिनाले सहायक रेफ्रीको रुपमा साथ दिने भएका छन् ।

योसंगै स्टेफनी फ्रापार्ट पुरुष विश्वकपको इतिहासमा पहिलो महिला रेफ्री बन्ने भएकी छन् ।

फ्रापार्ट फिफाको रेफ्री प्यानलमा चर्चित नाम हो । उनले २०१९ को महिला विश्वकपको फाइनल खेल संचालन गरेकी थिइन् । साथै उनले २०२० को पुरुष च्याम्पियन्स लिगको खेलमा रेफ्री गरेर नयाँ इतिहास बनाएकी थिइन् । उनी पुरुष फुटबलको च्याम्पियन्स लिगमा रेफ्री गर्ने पहिलो महिला रेफ्री समेत बनेकी थिइन् ।     

कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताका लागि ३६ रेफ्री छनोट गरिएको छ । तीमध्ये तीनजना महिला रेफ्री रहेका छन् ।

विश्वकप खेलाउने महिला रेफ्रीमा फ्रापार्टसहित जापानकी ३६ बर्षिय यामाशिता योशिमी, रावन्डाकी ३४ बर्षिय सलिमा मुकानसांगा रहेका छन् ।

जापानकी यामाशिताले दोस्रो पटक विश्वकपमा खेल संचालन गर्न लागेकी छन् । उनले यस अघि २०१९ को महिला फुटबल विश्वकपको संचालन गरेकी थिइन् । साथै उनले २०२० को ओलम्पिक खेल जुन २०२१ मा सम्पन्न भएको थियो सो खेलमा अमेरिका र स्विडेनबीचको खेल संचालन गरेकी थिइन् ।

त्यस्तै कतारमा विश्वकप खेलाउने अर्की महिला रेफ्री रुवान्डाकी सालीमा मुकानसांगा हुन् । उनी २०१२ देखि फिफासँग जोडिएकी छन् । उनले यसअघि २०१९ को महिला विश्वकप र टोकियोमा सम्पन्न २०२० को ओलम्पिक प्रतियोगिता संचालन गरेकी थिइन् ।

त्यसति ब्याक, डियाजसंगै अमेरिकाकी क्याथरिन नेस्बिट पनि कतार विश्वकप फुटबलमा फिफाले तोकेका ६९ सहायक रेफ्री मध्ये रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै