• २०८१ बैशाख ७ शुक्रबार

उरुग्वेविरुद्ध रोनाल्डोले नगरेको गोल !

kharibot

काठमाडौं । जारी विश्वकप फुटबलमा क्रिस्टियानो रोनाल्डोले हेडमार्फत गरेको गोल उनले नगरेको विषय अहिले विवादमा रहेको छ ।

गएराती उरुग्वेविरुद्ध पोर्चुगलले २-० गोलको जित हासिल गरेको थियो । सो खेलका क्रममा पोर्चुगलका ब्रुनो फर्नानडेजको पास रोनाल्डोको हेडबाट गोल पोष्टमा छिरेको थियो । खेलको ५४औं मिनेटमा भएको यो गोलबाट पोर्चुगलले १-० को अग्रता लिएको थियो ।

गोल भएपछि रोनाल्डोले गोलको सेलिब्रेसन गरेका थिए । तर भिडियो असिस्टेन्ट रेफ्रीको रिभ्यु बाट सो गोल रोनाल्डोले गरेको नभई ब्रुनो फर्नानडेजको नाममा दिइएको थियो ।

पछि फर्नानडेजले पेनाल्टीमार्फत अर्को गोल गरे र पोर्चुगलले खेल २-० गोलले खेल जितेर विश्वकपको नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्यो ।

तर खेलपछि पोर्चुगलले गरेको पहिलो गोल रोनाल्डो थियो या थिएन भन्ने विवाद अहिले पनि जारी रहेको छ ।

यता फिफाले भने सो गोल रोनाल्डोको नभएको स्पष्ट गरेको छ । फिफाले यस विश्वकपमाकनेक्ट बल टेक्नोलोजीको प्रयोग गरिरहेको छ । एडिडासले बल बनाउदा नै बल भित्र एक प्रकारको सेन्सर जडान गरेको छ । यस प्रविधिले बलसँग सम्पर्क भए नभएको स्पष्ट जानकारी दिने बताइएको छ ।

फिफाले बल भित्र भएको ५०० मेगाहर्जको सेन्सरले गोल भएको समयमा रोनाल्डोको टाउकोले बललाई छोएको नभएटीएको भन्दै सो गोल ब्रुनो फर्नानडेजले नै गरेको स्पष्ट गरेको छ । फिफाले यो प्रबिधि उच्च रुपमा एकुरेट रहेको भनेको छ ।

यसैबीच पोर्चुगलको फुटबल फेडेरेसनले सो गोल रोनाल्डोकै भएको बारे प्रमाण फिफ समक्ष पेश गर्ने स्पेनिस मिडियाहरुले उल्लेख गरेका छन् ।

खेलपछि ब्रुनो फर्नानडेजले गोल बारे प्रतिक्रिया दिदै महत्वपूर्ण विषय पोर्चुगलको जित भएको बताउदै गोल कसले गर्यो भन्ने विषय ठुलो कुरा नभएको बताएका छन् ।

त्यस्तै स्पेनका पुर्व स्ट्राइकर डेभिड भिल्लाले सो गोलमा रोनाल्डोकै योगदान भएको बताएका छन् । रोनाल्डो नभएको भए गोलकिपरले सो बल रोक्ने थिए भन्दै यसको क्रेडिट रोनाल्डोलाई नै दिनुपर्ने बताए ।

विश्वकपको समुह एचमा रहेको पोर्चुगलले समुह चरणमा अब अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध खेल्ने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै