• २०८१ बैशाख ८ शनिबार

विश्वकप फुटबलमा आज चार खेल: पोर्चुगलले उरुग्वेको सामना गर्दै

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत आज पनि चार वटा खेल हुदै छन् ।

आजको पहिलो खेल समुह जी अन्तर्गतको क्यामरुन र सर्बियाबीच हुदै छ । नेपाली समय अनुसार यो खेल ३:४५ देखि शुरु हुने छ ।

क्यामरुनले आफ्नो पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १-१ को बराबरी खेलेको छ भने सर्बियाले आफ्नो पहिलो खेलमा ब्राजिलसँग हार बेहोरेको थियो ।

त्यस्तै आजको दोस्रो खेल समुह एचका दक्षिण कोरिया र घानाबीच हुदै छ । यो खेल साँझ ६:४५ देखि शुरु हुने छ ।

दक्षिण कोरियाले आफ्नो पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो भने घानाले पोर्चुगलसँग हार बेहोरेको थियो ।

त्यस्तै आजको तेस्रो खेल समुह जी को ब्राजिल र स्वीट्जरल्याण्डबीच हुदै छ । नेपाली समय अनुसार यो खेल राति ९: ४५ बजेदेखि शुरु हुने छ । आफ्नो पहिलो खेल जितेको ब्राजिल आफ्ना स्टार खेलाडी नेइमार बिना खेल्ने बताइएको छ । नेइमार पहिलो खेलमा घाइते भएका थिए । उनी सम्भवत समुह चरणको अन्तिम खेलमा दक्षिण कोरियाविरुद्धको खेलसम्म मैदानमा उत्रिनसक्ने बताइएको छ । 

त्यस्तै आजको चौथो खेल समुह एचमा रहेको पोर्चुगल र उरुग्वेबीच हुने छ । नेपाली समय अनुसार यो खेल राति १२:४५ बजे हुने छ । पोर्चुगलले आफ्नो पहिलो खेल जितेर ३ अंक हासिल गरिसकेको छ भने उरुग्वे पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरीमा खेलेर तीन अंक हासिल गर्नुपर्ने दबाबका बिच खेल्दै छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै