• २०८१ बैशाख ४ मंगलबार

लेवानडोस्कीले गरे विश्वकप फुटबलमा पहिलो गोल

kharibot

काठमाडौँ । पोल्याण्डका स्ट्राइकर रोबेर्ट लेवानडोस्कीले विश्वकप फुटबलमा पहिलो गोल गरेका छन् ।

शनिबार साउदी अरेबियाविरुद्धको खेलमा लेवानडोस्कीले खेलको ८२औं मिनेटमा गोल गर्दै विश्वकपमा आफ्नो व्यक्तिगत पहिलो गोल गरेका हुन् ।

३४ बर्षिय लेवानडोस्कीले पोल्याण्डका लागि ७७औं गोल पनि गरेका छन् । उनले पोल्याण्डका लागि १३६ खेल खेल्दै ७७ गोल गरेका हुन् ।

क्लब फुटबलमा विश्वकै उत्कृष्ट स्ट्राइकर रहेका लेवानडोस्की लामो समयदेखि विश्वकपमा गोलको प्रतिक्षामा रहेका थिए ।

लेवानडोस्कीको यो दोस्रो विश्वकप हो । यस अघि २०१८ को विश्वकपमा तीन खेल खेलेका लेवानडोस्की गोलविहिन रहेका थिए । सो विश्वकपमा पोल्याण्ड समुह चरणबाट नै बाहिरिएको थियो । उनले विश्वकपको पाँचौ खेलमा पहिलो गोल गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै