• २०८१ बैशाख १३ बिहीबार

मोरङ–३ बाट कांग्रेसका डा सुनील शर्मा निर्वाचित

kharibot

पथरी । मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका डा सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनि सत्ता गठबन्धनका तर्फबाट ४८ हजार छ सय १३ मतका साथ विजयी भएका हुन् । 

मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृत रामहरि काफ्लेका अनुसार शर्माले नेकपा (एमाले)का भानुभक्त ढकाललाई २२ हजार सात सय १६ मतान्त्रले पराजित गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी ढकालले २५ हजार आठ सय ९७ मत पाएका छन् । त्यस्तै राप्रपाकी नेत्री तथा नायिका रेखा थापाले १० हजार नौ सय ९८ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले दुई हजार छ सय  २६ मत प्राप्त गरेका छन् ।  

निर्वाचन आयोग मोरङ क्षेत्र नं ३ ले विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेको छ । प्रमाणपत्र कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुनील शर्माले जनताको मतको कदर गर्दै इमान्दारपूर्वक काम गर्ने बताए । एक लाख नौ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ जनाले मतदान गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै