• २०८१ बैशाख ४ मंगलबार

दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार, एक जना पक्राउ

kharibot

काठमाडौं  । दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा  प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै