काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको फिल्म दृश्यम- २ भारतीय बक्स अफिसमा सय करोड क्लबमा प्रवेश गरेको छ ।
फिल्मले रिलिजको पहिलो सातामा १०४ करोड ६६ लाख भारु कमाई गरेको बलिवुडका फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।
सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’ को सिक्वेलले भारतीय बक्स अफिसमा शानदार कमाई गर्दै दोस्रो सातामा प्रवेश गरेको छ ।
बलिउडमा पछिल्ला दिनहरुमा फिल्म लगातार फ्लप भइरहेको अवस्थामा दृश्यम-२ ले नयाँ आशा देखाएको विश्लेषकहरुले विश्लेषण गरेका छन् ।
बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार दृश्यम-२ भारतमा ३३०२ स्क्रिनमा रिलिज भएको थियो ।
यस फिल्ममा अजय देवगन र अक्षय खन्नाको प्रमुख भूमिका रहेको छ भने यस फिल्मलाई अभिषेक पाठकले निर्देशन गरेका हुन् ।