सुनसरी । सुनसरी-४ मा नेपाली काँग्रेसका उम्मेदवार एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुन: अग्रता लिएका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार कार्कीले १२ हजार ३७९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले १२ हजार २०२ मत प्राप्त गरेका छन् ।
अहिले कार्की कुसियैत भन्दा १७७ मतले अगाडी रहेका छन् ।