• २०८१ बैशाख १२ बुधबार

कोरियामा एकै दिन ५९ हजार कोरोना सङ्क्रमित

kharibot

सोल । दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जना भन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कोभिडका ५९ हजार ८९ जना कोभिड सङ्क्रमित भेटिएका हुन् ।

यो समेत गरी यहाँ कोभिडका दुई करोड ६७ लाख भन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

ती अधिकारीहरुका अनुसार यहाँ अघिल्लो दिनको तुलनामा भने सङ्क्रमितहरु कम भएका हुन् । अघिल्लो दिन अर्थात् मङ्गलबार यहाँ ७० हजार तीन सयभन्दा बढी सङ्क्रमित पाइएको थियो । तर अधिकारीहरुले यहाँ अघिल्लो हप्ताको तुलनामा भने यस हप्ता सङ्क्रमितहरु झन् बढेको बताएका छन् ।

अघिल्लो हप्ता दिनमा बढीमा ५५ हजार जना सङ्क्रमित देखिएकामा यस हप्ता बढेका बताएका हुन् । यहाँ यस हप्ता कोभिडबाट ५९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । यो समेतगरी यहाँ कोभिडबाट ज्यान जाने नागरिकको संख्या ३० हजार दुई सय २३ जना पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै