• २०८१ बैशाख ६ बिहीबार

कोस्टारिकाको पोष्टमा स्पेनको ७ गोल

kharibot

काठमाडौँ । जारी विश्वकपमा स्पेनले शानदार शुरुवात गरेको छ । बुधबार राति सम्पन्न खेलमा स्पेनले कोस्टारिकालाई ७-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो ।

स्पेनको जितमा फेरान टोरेजले दुई गोल गरेका थिए भने डानी ओल्मो, मार्को असेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक एक गोल गरेका थिए ।

यो स्पेनको विश्वकपमा अहिलेसम्मकै सबैभन्दा फराकिलो जित हो ।

यो जितपछि समुह ई मा रहेको स्पेनको ३ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

यस समुहमा बुधबार नै सम्पन्न खेलमा जापानले जर्मनीमाथि शानदार जित निक्लादै ३ अंक बटुलेको छ । जापान समुहमा दोस्रो स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै