• २०८१ बैशाख १४ शुक्रबार

सोविताको संसदीय यात्रा

kharibot

काठमाडौँ । पत्रकारिता र कानूनको पृष्ठभूमि भएकी सोविता गौतम काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारका रूपमा सङ्घीय संसद्मा प्रवेश गर्दै छिम ।

लामो राजनीतिक पृष्ठभूमि भएका आफ्ना ठूला कदका प्रतिस्पर्धीलाई पछि पारेर स्थायी घर दोखलाको जफे भई हाल भक्तपुर बस्ने २७ वर्षीया गौतम यस पटकको निर्वाचनबाट संसदीय यात्रामा प्रवेश गर्न लागेकी हुन् । केही समयअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राजधानी काठमाडौँकै निर्वाचन क्षेत्रबाट पहिलो प्रयासमा नै उहाँ प्रतिनिधिसभा सदस्य बनेकी छन् ।

गौतमले यो निर्वाचनमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार ओनसरी घर्तीमगरलाई फराकिलो मतान्तरले पराजित गरेकी छन् ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गौतमले नागरिकको आधारभूत आवश्यकता पूरा गर्दै भ्रष्टाचार न्यूनीकरण गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइन् ।

विजयपछि मतदातालाई धन्यवाद दिँदै उनले निर्वाचनका दौरानमा उठाएका जनताको मुद्दालाई सदनमा निरन्तर झकझक्याइरहने विश्वास व्यक्त गरिन् ।

एक प्रश्नको जवाफमा गौतमले संवैधानिक समाजवादलाई स्वीकार्दै विद्यमान प्रदेशसभा अलि भद्दा भएकाले पार्टीले प्रदेशसभामा उम्मेदवार नउठाएको प्रतिक्रिया दिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै