कपिलवस्तु । कपिलवस्तु- १ प्रतिनिधिसभा तर्फ नेकपा एमालेले फराकिलो अग्रता हासिल गरेको छ ।
एमालेबाट उम्मेदवार बनेका बलराम अधिकारीले अहिलेसम्म १५ हजार ३४४ मत प्राप्त गरेका छन् ।
यस्तै माओवादीका चक्रपाणी खनाल बलदेबले ७ हजार ४८२ मत प्राप्त गरेका छन् । अहिलेसम्मको गणना अनुसार अधिकारी खनालभन्दा ७ हजार ८६२ मतले अगाडी रहेका छन् ।
त्यस्तै यस क्षेत्रमा जनमत पार्टीका नरेन्द्र चौधरीलले ६ हजार ५८१ मत प्राप्त गरेका छन् ।