• २०८१ बैशाख १३ बिहीबार

विजयकुमार शाह सर्बाधिक कर तिर्ने करदाता, सरकारले गर्यो सम्मान

kharibot

काठमाडौं । आर्थिक वर्ष २०७७ र ७८ मा व्यक्तिगत आयतर्फ विजयकुमार शाह व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन् ।

जावलाखेल डिस्टिलरीका अध्यक्ष शाह कर दिवस समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् ।

शाह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका चेयरम्यान हुन्। यो समूह अन्तर्गत जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी रहेका छन् ।

यी कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक, रुस्लान भोड्का, ब्लु डाइमण्ड जिन, बडवाइजर वियर, वार्सटाइनर वियर  लगायतका मदिरा उत्पादन गर्छन् । शाह २०७७ सालमा पनि व्यक्तिगततर्फ धेरै कर तिरेर सम्मानित भएका थिए ।

आन्तरिक राजस्व विभागले सूर्य नेपाल प्रालिलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ । नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ । शिवशक्ति घ्युबाट निर्यात कारोबारबाट धेरै कर तिर्ने कम्पनी बनेको छ । राजेश मेटल प्रालि विशेष उद्योग शीर्षकको आयकरदाताका रुपमा सम्मानित भएको छ ।

ओसीबी फुड्स प्रालि कृषि एवम् पशुपन्छी आयकरदाता बनेको छ । छिमेक लघुवित्त सहकारी तथा लघुवित्त आयकरदाता र नबिल बैंक तथा वित्तीय संस्थातर्फको ठूलो आयकरदाता ठहर भएको छ ।

बीमा व्यवसायबाट धेरै आयकर दाखिला गर्नेमा नेपाल पुनर्बीमा कम्पनी छ छ भने स्वास्थ्य तथा शिक्षातर्फ धेरै आयकर तिर्नेमा नोबेल मेडिकल कलेज सम्मानित भएको छ ।

पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारमा हंसराज हुलाशचन्द प्रालि र चिलिमे हाइड्रोपावरले उर्जामूलक उद्योगको ठूलो आयकरदाता बनेको छ ।

मद्यमस्तरीय करदातामा सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र रेमिटेन्स कम्पनीमा आईएमई लिमिटेड उत्कृष्ट ठहरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै