ओखलढुंगा । ओखलढुंगाबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका उम्मेदवार रामहरी खतिवडाले अग्रता बनाएका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार खतिवडाले १८ हजार ७५३ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका यज्ञ सुनुवारले १४ हजार ९८८ मत प्राप्त गरेका छन् । अहिलेसम्मको गणनामा खतिवडाले सुनुवारले भन्दा ३७६५ मत बढी प्राप्त गरेका छन् ।