• २०८१ बैशाख ११ मंगलबार

ललितपुर-३ बाट डा. तोसिमा कार्की विजयी

kharibot

काठमाडौँ । ललितपुर- ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन् ।

कार्कीले १४ हजार २०८ मत प्राप्त गरेर जित हासिल गरेकी हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत प्राप्त गरेका छन् ।

त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा उर्जामन्त्री पम्फा भुसालले ५ हजार ४५६ मत पाएर तेस्रो स्थानमा रहेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा विजयी हुने तोसिमा चौथो उम्मेदवार हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै