• २०८१ बैशाख ८ शनिबार

हारपछि मेसीले भने- यो कठिन हार हो, माफीको ठाउ छैन

kharibot

काठमाडौँ । साउदी अरेबियासँग हार बेहोरेपछि लियोनेल मेसीले यस हारमा माफीको कुनै ठाउ नभएको प्रतिक्रिया दिएका छन् ।

अर्जेन्टिनी फुटबल फेडेरेसनले मेसीको भनाई उल्लेख गर्दै आफुहरु अब अप्ठ्यारो अवस्थामा पुगेको भन्दै टिम फेरी एक भएर खेल्नुपर्ने बताएका छन् ।

मेसीले भनेका छन्- 'माफीको कुनै ठाउ छैन, हामी फेरी एक हुनुपर्छ, यो समुह कठिन छ भन्ने उनीहरुले देखाए । अब यस्तो देखिएको छ की हामी धेरै टाढा नपुग्न पनि सक्छौं । अब हामी बलियो छौं भन्ने देखाउने बेला आएको छ ।'

मेसीले सबैका लागि यो निकै कठिन हार भएको बताएका छन् । उनले विश्वकपमा यस्तो शुरुवातको अपेक्षा नगरेको बताउदै अब हामीले जित्ने नजित्ने हामीमै भरपर्ने बताएका छन् ।

साथै मेसीले साउदी टिममा राम्रो खेलाडी रहेको र उनीहरुले उत्कृष्ट फुटबल खेलेको पनि बताएका छन् ।

विश्वकपमा समुह सी मा रहेको अर्जेन्टिनाले अब अर्को खेल मेक्सिकोसँग खेल्ने छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै