• २०८१ बैशाख १३ बिहीबार

चीनको एक व्यापारिक फार्ममा आगलागी- ३८ जनाको मृत्यु

kharibot

चेनजाउ । चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३८ पुगेको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएको छ ।

मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ ।  

सामान्य रुपमा घाइते भएका दुई जना उपचारको लागि अस्पताल लगिएको जनाइएको छ । सोमबार ४ः२२ बजे अपराह्न त्यहाँ आगलागी शुरु भएको प्रहरीले जनाएको छ ।

यहाँ ठूलो सङ्ख्याका प्रहरी तथा उद्धारकर्मीहरुले उद्धारको काम गरिरहेका पनि बताइएको छ ।

स्थानीय अधिकारीहरूले दुइ  सय ४० जना व्यक्ति र ६३ सवारी साधनहरू उद्धारकार्यमा सामेल हुन पठाएका र मध्यरातमा आगो निभाइएको बताइएको छ ।

यस फार्ममा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

प्रहरीले सो फार्ममा रहेका दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै